१२ बैशाख २०८१, बुधबार

कारोबारको दोस्रो घण्टासम्म दोहोरो अंंकले बढ्यो नेप्से, कारोबार रकम डेढ अर्ब नजिक



 

काठमाडौं । कारोबारको चौथो दिन आज (बुधबार) नेपाल स्टक एक्सेन्च(नेप्से) परिसुचक कारोबारको दोस्रो घण्टासम्म आइपुग्दाँ दोहोरो अंकले बढेको छ ।

एक बजेसम्म आइपुग्दाँ परिसुचक २३.१० अंकले बढेर २४१४.८४ को बिन्दुमा पुगेको छ ।

यस्तै, सेन्सेटिभ पनि कारोबारको सोही अवधीसम्म आउँदा ४.२९ अंकले बढेर ४३४.७८ को बिन्दुमा पुगेको छ ।

दुई घण्टाको अवधीमा कारोबारमा आएका २०७ कम्पनीको २९ लाख ५६ हजार ४६४ कित्ता शेयर १९ हजार ५६६ पटक खरिद बिक्री हुदाँ १ अर्ब ३० करोड ४८ लाख रुपैंया बराबरको कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस !