१२ बैशाख २०८१, बुधबार

सर्वोत्तम सिमेन्टको आईपीओ भर्नेले ३ महिनाभित्रै ३५ प्रतिशत लाभांश पाउने

सर्वोत्तम सिमेन्टको आईपीओ मूल्य ७५० किन ?



काठमाडौं । सर्वोत्तम सिमेन्टले बूक बिल्डिङ विधिमार्फत जारी गर्न लागेको प्राथमिक शेयर (आईपीओ)मा लगानी गरेको तीन महिना भित्रै लगानीकर्ताले ३५ प्रतिशत लाभांश पाउने भएका छन् ।

कम्पनीले लगानीकर्तालाई १० प्रतिशत बोनस र २५ प्रतिशत नगद गरी ३५ प्रतिशत लाभांश वितरण गर्ने जनाएको हो ।

कम्पनीले बूक बिल्डिङमार्फत ६० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो, जसमध्ये २४ लाख कित्ता शेयर संस्थागत लगानीकर्तालाई, ८ लाख कित्ता जिल्लावासीलाई र ३ लाख कित्ता कर्मचारीलाई छुट्याइएको र बाँकी रहेको २५ लाख कित्ता शेयर सर्वसाधारणलाई निष्कासन गरिने कम्पनीले जनाएको छ ।

सर्वोत्तम सिमेन्टले इक्राबाट बीबीबी प्लस रेटिङ प्राप्त गरेको छ । यसको अर्थ औसतभन्दा राम्रो भन्ने हो ।

बुक बिल्डिङ विधिमार्फत जारी गर्न लागेको कम्पनीको सेयर मूल्य न्युनतम प्रतिकित्ता ७५० रुपैयाँ तोकिएको छ । तर, अन्तिम मूल्य भने संस्थागत लगानीकर्ताद्वारा मूल्य तोकिएपछि मात्रै सर्वसाधारणका लागि मूल्य निर्धारण हुने छ ।

कम्पनीका अनुसार सर्वसाधारणका लागि १० प्रतिशत कम अर्थात प्रतिकित्ता ६७५ रूपैयाँमा सेयर जारी हुनेछ ।

कम्पनीले तोकेको मूल्यको २० प्रतिशत कम अर्थात् ६०० रुपैयाँ र माथिल्लो सीमा ७५० को २० प्रतिशतले बढी अर्थात् ९०० रुपैयाँसम्म हुन सक्ने कम्पनीले जनाएको छ ।

सो मात्राको शेयर निष्काशन गर्नका लागि कम्पनीले बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटललाई नियुक्त गरिसकेको छ ।

त्यस्तै, सह-बिक्री प्रबन्धकमा पनि दुई क्यापिटल ९एनआईबीएल एस र प्रभु०लाई नियुक्त गरेको हो । नेपालको इतिहासमै पहिलोपटक नयाँ विधिबाट आईपीओ जारी गर्न लागेको कम्पनीको चुक्ता पूँजी ३ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।

उक्त शेयर निष्कासन गर्ने प्रक्रियालाई कम्पनीले अन्तिम चरणमा पुर्‍याएको छ । सम्भवतः कम्पनीले चैत महिनाभित्रै शेयर जारी गर्नेछ ।



प्रतिक्रिया दिनुहोस !