१३ बैशाख २०८१, बिहीबार

आफ्नै नातिनी बलात्कार गर्ने हजुरबुबालाई आजीवन कारावासको फैसला



 

उदयपुर । जिल्ला अदालत उदयपुरले आफ्नै नातिनी बलात्कार गर्ने हजुरबुबालाई आजीवन कारावासको सजाय फैसला गरिएको छ

आफ्नै आठ वर्षीया नातिनीलाई बलात्कार गरेको कसुरमा ५६ वर्षीया हजुरबुबालाई आजीवन कारावासको सजाय फैसला गरेको जनाएको छ ।

जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद सिलवालको इजालासले नातिनी बलात्कारको कसुरमा उनलाई आजीवन कारावाससहित रु ४० हजार दण्ड जरिवाना गर्ने फैसला गरेको अदालतका स्रेस्तेदार धनबहादुर कार्कीले जानकारी दिए ।

गत भदौ ९ गते आफ्नै नातिनीलाई बलात्कार गरेको कसुरमा हजुरबुबाविरुद्ध प्रहरीमा उजुरी परेपछि जिल्ला प्रहरी कार्यालयले ती पुरुषलाई पक्राउ गरेर अनुसन्धान गरी अदालतको आदेशानुसार अदालतमा मुद्दा दर्तासँगै पूर्पक्षका लागि थुनामा राख्दै आएको थियो ।

 



प्रतिक्रिया दिनुहोस !