१४ बैशाख २०८१, शुक्रबार

फ्रान्समा पनि देखा पर्यो नायाँ प्रकारको कोरोना



एजेन्सी । हालै यूकेमा देखिएको कोरोना भाइरसको नयाँ भेरीअन्ट अर्थात् नयाँ प्रकार कोरोना भाइरस पहिलो पटक फ्रान्समा पनि देखा परेको छ।

फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार गत साता लन्डनबाट फर्किएका फ्रेन्च पुरुषमा उक्त भाइरस पाइएको छ।

उनलाई टुर्सस्थित उनकै घरमा एकान्तवासमा राखिएको छ। उनमा लक्षण देखिएको थिएन।

फ्रान्सले बुधवार यूकेसँगको आवतजावतमा उसले लगाएको प्रतिबन्ध हटाएको थियो। तर त्यहाँबाट आफ्नो देशमा आउनेहरूले सङ्क्रमण नभएको प्रमाणपत्र देखाउनुपर्ने नियम लगाइएको छ।

यसअघि भाइरसको उक्त नयाँ प्रकार डेनमार्क, अस्ट्रेलिया र द नेदरल्यान्ड्समा पनि पाइएको थियो।

नयाँ प्रकारको भाइरस थप सङ्क्रामक भएको भन्ने विवरणका माझ थुप्रै देशले ब्रिटेनबाट आउने र जाने उडान रद्द गरिदिएका छन्।



प्रतिक्रिया दिनुहोस !