१२ बैशाख २०८१, बुधबार

आज घट्यो सुनको मूल्य



 

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
हिजो तोलामा तीन सय रुपैयाँले बढेको सुनको भाउ आज भने पाँच सय रुपैयाँले घटेको हो ।

आज तोलामा सुनको ८६ हजार ७ सय रुपैयाँ तोकिएको छ । हिजो सुनको भाउ तोलामा ८७ हजार दुई सय रुपैयाँ थियो । आज चाँदीको भाउ पनि घटेको छ ।

तोलामा १५ रुपैयाँले घटेर चाँदी आज १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तोलाको १२ सय ९० रुपैयाँ रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !