२१ बैशाख २०८१, शुक्रबार

आज प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले दुईवटा प्रतिवेदन पेश गर्ने



 

काठमाडौं । प्रतिनिधिसभा बैठक आज (शुक्रबार) बस्ने भएको छ। दिउँसो १ बजेदेखि नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक सुरु हुने संसद सचिवालयले जनाएको छ।

आजको बैठकका लागि सम्भावित कार्यसूची तय भएका छन्। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वटा आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ।

प्रधानमन्त्री ओलीले लोकसेवा आयोगको ६१ औँ वार्षिक प्रतिवेदन २०७७ र राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ।

यसका साथै बैठकमा संविधानसभा सदस्य अशोक कोइरालाको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ।



प्रतिक्रिया दिनुहोस !