२० बैशाख २०८१, बिहीबार

एक्कासी बोलाए महान्यायाधिवक्ता खरेलले विशेष पत्रकार सम्मेलन



 

काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले विशेष पत्रकार सम्मेलन बोलाएका छन्। शुक्रबार दिउँसो एक बजे कार्यालयमै उनले पत्रकार सम्मेलनको आयोजना गरेका हुन्।

पत्रकार सम्मेलनको विषयबारे जानकारी दिइएको छैन। श्रोतका अनुसार पत्रकार सम्मेलनमा महान्यायाधिवक्ता खरेलले राजीनामाको घोषणा गर्दैछन्।

महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता संजीवराज रेग्मीले पनि खरेलको राजीनामाबारे जानकारी नरहेको बताए।

उनले भने ‘विशेष रुपमा पत्रकार सम्मेलनको आयोजना गर्न भनिएको छ, पत्रकार सम्मेलनमै सबै कुरा थाहा होला’।

प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा कमजोर बहस गरेको भन्दै सरकार पक्ष महान्यायाधिवक्ता खरेलसँग असन्तुष्ट थियो।



प्रतिक्रिया दिनुहोस !