१४ बैशाख २०८१, शुक्रबार

प्रतिनिधिसभा बैठकमा नआउने सांसदको नाम सार्वजनिक



 

काठमाडौं । प्रतिनिधिसभाको धेरै बैठकमा सहभागी नहुने सांसदहरुको नाम संसदमा सार्वजनिक गरिएको छ ।

आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको ११ भन्दा बढी बैठकमा अनुपस्थित सांसदहरुको नाम पढेर सुनाएका हुन् ।

जसअनुसार सबैभन्दा धेरै नेपाली कांग्रेसका सांसद नागेन्द्रकुमार २५ वटा बैठकमा अनुपस्थित भएका छन् । त्यस्तै नेपाली कांग्रेसकै सांसद सूर्यबहादुर केसी २१ बैठकमा अनुपस्थित थिए । अस्वस्थताका कारण बैठकमा नआएका उनको निधन भएको छ ।

त्यस्तै नेकपा एमालेकी सांसद नविना लामा १९ बैठकमा अनुपस्थित भएकी छन् । सांसद कलिला खातुन १७ बैठकमा अनुपस्थित छन् ।

त्यस्तै नेकपा एमालेकी सांसद यसोदा सुवेदी गुरुङ र निर्जला राउत १४ बैठकमा आएका छैनन् । सुरेशचन्द्र दास १३ बैठक, गणेश सिंह ठगुन्ना महेन्द्रकुमारी लिम्बु, रुही नाज ११ बैठकमा अनुपस्थित भएको सभामुखले बताएका छन् । बैठकमा अधिकांशले स्वास्थ्यको कारण देखाएका छन् भने केहीले घरायसी कामका कारण आउन नसकेको बताएका छन् ।

 



प्रतिक्रिया दिनुहोस !