२१ बैशाख २०८१, शुक्रबार

बालकृष्ण खाणले भने, सरकारले शुरुदेखिनै संबिधान विपरित काम गर्यो



 

काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले संबैधानिक कदम भनेर न्यायपालिकाले सरकारको निर्णय खारेज गरेपछि सरकार र प्रधानमन्त्रीले नैतिक जिम्मेवारी लिनेकी नलिने बारे सोच्नुपर्ने बताएका छन् ।

आजको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै नेता खाणले सरकार बने देखिनै संबिधान विपरितका काम गरेको बताए ।

उनले भने, सरकार र सरकारका मन्त्रीहरुले छातीमा हात राखेर संबिधानमाथि हात राखेर भन्नुस, के तपाईहरुले जुन स्प्रिटले संबिधान बनाइयो त्यसको पालना गर्नु भएको छ ?

मिडिया विधेयक, गुठि विधेयक, मानव अधिकार विधेयक, राष्ट्रिय सुरक्षा सम्बन्धि विधेयकजस्ता विधेयक ल्याएर संबिधान विपरित काम गरेको बताउदै नेता खाणले यस्तो यस्तो काम निरङ्कुश सरकारले मात्र गर्न सक्ने बताए ।

आफुहरुले कोभिडको छलफल गरौ भन्दा एकलौटी ढंगले भूमिगत शैलीमा संसदको बैठक अन्त्य गरेको बताउदै नेता खाणले सरकारले निरङ्कुश शैली देखाएको बताए ।

नेता खाणले एसिड आक्रमण सम्बन्धि, बलात्कार हिँसा सम्बन्धि र कोरोना व्यवस्थापन सम्बन्धि विधेयकमा काँग्रेसको समर्थन र सहयोग रहेको बताउदै अहिले सरकार आफैले ति विधेयक नल्याएका आरोप लगाए ।

उनले शान्ति प्रक्रिया प्रति काँग्रेस प्रतिबद्ध रहेको भन्दै शान्ति सम्झौता हुदा मलिन अनुहार लगाएर बसेकाहरु नै अहिले शान्ति प्रक्रियालाई ध्वस्त बनाउन लागेको आरोप लगाए ।

 



प्रतिक्रिया दिनुहोस !