१४ बैशाख २०८१, शुक्रबार

अब विदेशी पर्यटक नेपाल आउँदा क्वारेन्टाइन बस्नु नपर्ने



 

काठमाडौं । अब नेपाल भित्रने पर्यटकले क्वारेन्टाइन बस्नु नपर्ने भएको छ ।

हिजो बसेको मन्त्री परिषद्को बैठकले पर्यटक नेपाल प्रवेश गर्दा सात दिन होम क्वारेन्टाइन बस्नु पर्ने व्यवस्था हटाउने निर्णय गरेसँगै क्वारेन्टाइन बस्नु नपर्ने भएको हो । ।

होम क्वारेन्टाइन बस्न नपरे पनि ७२ घण्टा अगाडीको पीसीआर जाँच गरेको नेगेटिभ रिपोर्ट र कोरोना विरुद्धको खोप लगाएको प्रमाण भने चाहिने संस्कृति, पर्यटन तथा नागरिक उडड्नय मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पर्यटकहरुका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै अनराइभल भिषा दिनेसमेत निर्णय भएको छ ।

नेपाल आउन चाहने पर्यटकले ट्राभल एजेन्सीको सिफारिसमा सोही मुलुकस्थित नेपाली नियोगबाट भिषा लिनु पर्ने, विदेशी पर्यटकहरुले ५ हजार डलरको कोरोना बिमा अनिवार्य गरेको हुनुपर्नेलगायतका शर्तहरु रहेका छन् ।

 

 



प्रतिक्रिया दिनुहोस !