२१ बैशाख २०८१, शुक्रबार

फेरि किन बढ्यो हवाई भाडा ?



 

काठमाडौं । सरकारले इन्धनको मूल्य बढाएसँगै वायुसेवा सञ्चालकहरुले फेरि हवाई भाडा बढाएका छन् । यस अघि वायुसेवा सञ्चालकहरुले फागुन २० गते हवाई भाडा वृद्धि गरेका थिए ।

हवाई भाडामा जोडिने इन्धनको मूल्य वृद्धि गरिएको वायुसेवा सञ्चालकहरु बताएका छन् । बढेको मूल्य शुक्रबार राति १२ बजेपछि लागु हुने भएको छ । यसअघि नेपाल आयल निगमले ३ चैतमा पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको थियो । त्यसक्रममा हवाई इन्धनको मूल्यमा प्रतिलिटर २ रुपैयाँ वृद्धि भएको थियो ।

संघका अनुसार काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा साविकको तुलनामा ७० रुपैयाँ बढी तिर्नुपर्नेछ । काठमाडौंबाट धनगढी जाँदा ९० रुपैयाँ बढी तिर्नुपर्नेछ । काठमाडौंबाट सिमराका लागि २० रुपैयाँ बढी तिर्नुपर्ने गरी हवाई भाडामा इन्धनको शूल्क बढेको छ ।

 



प्रतिक्रिया दिनुहोस !