२१ बैशाख २०८१, शुक्रबार

कृषि फार्ममा आगलागी हुँदा एक जना घाइते, २० गाई मरे



 

राजविराज । सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका – ५ स्थित बहुउद्देश्यीय कृषि फार्ममा आज दिउँसो विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीमा कृषि फार्ममा भएको आगलागीमा परी २० वटा गाई जलेर मरेका छन् ।

सो फार्ममा ६० मध्ये २० वटा गाई जलेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । तीमध्ये १० गाई घाइते र ३० वटा गाई हराइरहेको फार्मका सञ्चालक मनोजकुमार साहले बताए ।

आगलागीले फार्मको घरसहित गाईलाई खुवाइने अन्नपातसमेत जल्दा करीब रु ५० लाख बराबरको क्षति भएको पीडित परिवारले जनाएको छ ।

आगो निभाउने क्रममा फार्मका अर्का सञ्चालक दीनानाथ साह घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !