२० बैशाख २०८१, बिहीबार

रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त



 

काठमाडौं । महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम काठमाडौँ महानगरपालिका वडा नं.७, चाबहिल निवासी अधिवक्ता बडाललाई महान्यायाधिवक्ता पदमा नियुक्त गरिएको जनाएको छ । उनले आइतबार सपथग्रहण गर्ने बताइएको छ ।

आजै अग्नि खरेलले महान्यायाधिवक्ताबाट राजीनामा दिएका थिए । खरेलको राजीनामा स्वीकृत भएलगत्तै बडाल नयाँ महान्यायाधिवक्ता सिफारिस भएका हुन् ।

यस्तो छ विज्ञप्ति



प्रतिक्रिया दिनुहोस !