२० बैशाख २०८१, बिहीबार

२३५ उद्योगी व्यवसायी सामूहिक एमालेमा प्रवेश



 

काठमाडौं । २३५ जना उद्योगी व्यवसायी सामूहिक रुपमा एमाले प्रवेश गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा २३५ जना उद्योगी व्यवसायीहरु एमालेमा प्रवेश गरेको प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार मोतीलाल दुगडले जानकारी दिएका छन् ।

उद्योगी तथा व्यवसायी किशोर प्रधानसहित २३५ जना उद्योगी व्यवसायीलाई बालुवाटारमा आयोजित कार्यक्रम पार्टी प्रवेश गराइएको उनले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले खादा ओढाएर उद्योगी व्यवसायीलाई पार्टी प्रवेश गराएका हुन् ।



प्रतिक्रिया दिनुहोस !