१२ बैशाख २०८१, बुधबार

आज काठमाडौं उपत्यकामा यस वर्षकै बढी चिसो



काठमाडौं । काठमाडौं उपत्यकामा आज यस वर्षकै बढी चिसो रहेको जल तथा मौसम विज्ञान विभागका जनाएको छ ।

विभागका अनुसार शनिबार काठमाडौंको न्यूनतम तापक्रम यस वर्षकै कम १.३ डिग्री सेल्सियस मापन गरिएको छ । यसअघि शुक्रबार काठमाडौँको न्यूनतम तापक्रम २.२ डिग्री सेल्सियस थियो ।

अबको केही दिन देशभरको तापक्रम निरन्तर घट्ने सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् । राति आकाश खुला भए बिहानको तापक्रम घट्ने र राति बदली भए तापक्रम बढ्ने बताए । यस वर्ष काठमाडौँको न्यूनतम तापक्रम शून्य डिग्रीसम्म पुग्ने सक्ने मौसमविद्को अनुमान रहेको छ ।



प्रतिक्रिया दिनुहोस !