१३ बैशाख २०८१, बिहीबार

प्रहरी जवानबाटै युवतीको बलात्कारपछि हत्या गर्ने प्रयास



 

रुपन्देही । एक युवतीको बलात्कारपछि हत्या प्रयास गरेको अभियोगमा प्रहरी जवानलाई नै ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासीस्थित जग्गामा कार्यरत प्रहरी जवान २२ वर्षीय सुरेश कठारिया (थारु)रहेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत चिनापरिचय भएकी १९ वर्षीय युवतीलाई भेट्न बोलाएर बलात्कार र हत्या प्रयास गरेको भन्दै पीडितका आफन्तले उजुरी गरेपछि थारुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले थारुलाई आईतबार रुपन्देहीकै मंगलापुरबाट पक्राउ गरेको हो ।

प्रहरी जवान थारुले शनिबार बिहान भेटेर बलात्कारपछि हत्या प्रयास गरेका थिए । प्रहरीका अनुसार उनले बलात्कारपछि पोल खुल्ने डरले झोलाको फिताले घाँटी कसेर युवतीको हत्या प्रयास गरेका थिए ।

घाँटी कसेपछि बेहोस भएकी युवतीलाई मृत्यु भएको ठानेर नजिकैको खाडलमा हालेर थारु हिँडेका थिए । पीडित युवती होस् खुलेपछि स्थानीयको सम्पर्कमा पुगेकी थिइन् । चोटपटक, निलडामसहित घाइते युवतीलाई स्थानीयले अस्पताल पुर्‍याएका थिए ।

पीडित युवतीको अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ ।

पीडित युवतीका आफन्तले जाहेरी दिएलगत्तै अटिएको प्रहरीले प्रहरी जवान थारुलाई पक्राउ गरि बलात्कार तथा हत्या प्रयास उद्योगमा मुद्दा दर्ता गरेको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !