१२ बैशाख २०८१, बुधबार

छात्रालाई अभद्र व्यवहार गर्ने शिक्षक पक्राउ



हेटौंडा । मकवानपुरगढी गाउँपालिका–३ स्थित भानु माध्यमिक विद्यालयमा अध्ययनरत छात्रामाथि अभद्र व्यवहार गरेको अभियोगमा प्रहरीले शिक्षकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा किरण पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका जनाएको छ। जिल्ला प्रहरी कार्यालयमा परेको उजुरीका आधारमा पाण्डेलाई पक्राउ गरिएको प्रहरीले थियो ।

बुधबार विद्यालयका तीनजना छात्राले आफुलाई अभद्र व्यवहार गरेको भनी शिक्षक पाण्डेविरुद्ध प्रहरीमा उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता जयश्वर रिमालले बताए । उनका अनुसार उजुरी दर्ता भएलगत्तै पाण्डेलाई पक्राउ गरिएको हो ।

पाण्डेले फागुन २९ गते शैक्षिक भ्रमणका क्रममा आफूहरुमाथि अभद्र व्यवहार गरेको पीडित पक्षले जनाएको छ । पाण्डेलाई पक्राउ गरी अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट अनुसन्धानका लागि ७ दिनको म्याद थप गरिएको प्रवक्ता रिमालले बताए ।

 

 



प्रतिक्रिया दिनुहोस !