११ बैशाख २०८१, मंगलवार

नेपालमा पछिल्लो २४ घण्टामा थप १२८ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १२८ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७७ हजार ७६८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार १६१ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७३ हजार १२३ पुगेको छ।

हाल देशभर १ हजार ६ सय १३ जना सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार गएको २४ घण्टामा कोरोनाबाट थप एकजनाको मृत्यु भएको छ । देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनको संख्या ३ हजार ३२ पुगेको छ ।

 



प्रतिक्रिया दिनुहोस !