१२ बैशाख २०८१, बुधबार

आजको मौषमः काठमाडौंमा ६ डिग्री सेल्सियस, यस्तो छ देशभरको मौसम विवरण



काठमाडौं । आज काठमाडौँ उपत्यकाको तापक्रम शनिबारको भन्दा बढेको छ । विहान गरिएको मापनअनुसार आज उपत्यकाको तापक्रम ३ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाका जनाएको छ ।

शनिबार उपत्यकाको न्यूनतम तापक्रम यो वर्षकै कम १ दशमलब ३ डिग्री सेल्सियस मापन गरिएको थियो ।

पश्चिमी वायुको प्रभावले लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

चिसो रहिरहने भएकाले तराई र पहाडी भू-भागका केही स्थानमा बिहानीपख हुस्सु र कुहिरोको कारणले वायुको पारदर्शितामा कमी भइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस !