७ बैशाख २०८१, शुक्रबार

रातो मछिन्द्रनाथको रथयात्रा आवश्यक स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गरिने



 

काठमाडौं । रातो मछिन्द्रनाथको रथयात्रा आवश्यक स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गरिने भएको छ ।

गुठी संस्थान कार्यालय ललितपुरको आयोजनामा जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको सर्वपक्षीय बैठकले कोरोना महामारीको बढ्दो जोखिमलाई मध्यनजर राखी २०७८ सालको मछिन्द्रनाथको जात्रा सञ्चालन गर्ने निर्णय भएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिएका छन् ।

वर्षा र सहकालका देवताका रुपमा पुजिने रातो मछिन्द्रनाथको रथयात्रालाई मर्यादित, अनुशासित, शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि सरोकारवाला सबैको बीचमा व्यापाक छलफल गरी मछिन्द्रनाथको जात्रा सञ्चालन गर्ने निर्णय भएको उनले बताए ।

सरोकारवालाले स्थानीय धर्म संस्कृतिको मुख्य पर्वको रुपमा रहेको रथयात्रालाई कोरोना संक्रमण फैलन नदिनका लागि सामाजिक दुरी, मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य मापदण्ड पालना गर्ने गराउने निर्णय भएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस !