११ बैशाख २०८१, मंगलवार

वीरगञ्ज महानगरपालिकाले भोलीबाट विद्यालय बन्द गर्ने निर्णय



 

काठमाडौं । कोरोना संक्रमणको जोखिम बढेसँगै वीरगञ्ज महानगरपालिकाले वैशाख ६ गतेबाट लागु हुनेगरी कक्षा १ देखि ५ सम्मको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ।

महानगरको शैक्षिक प्रशासन महाशाखाले आइतबार विज्ञप्ति निकालेर सम्पूर्ण पठनपाठन बन्द गर्न निर्देशन दिएको छ ।

अर्को सूचना नभएसम्म १ देखि ५ सम्मको पठनपाठन अर्को सूचना नहुञ्जेलसम्म बन्द गर्ने निर्णय भएको महानगरपालिकाले जनाएको छ ।

यस्तै कक्षा ८ को नगर स्तरीय परीक्षा वैशाख १२ गतेदेखि सञ्चालन गरेर २० गतेभित्र सम्पन्न हुनेगरी कार्यतालिका सार्वजनिक गरिएको छ ।

कक्षा ६, ७ र ९ को अन्तिम परीक्षा सामाजिक दूरी कायम गर्दै, साबुन–पानीले हात धुने व्यवस्था, सेनिटाइजर मास्कको सुनिश्चितता गरेर परीक्षा दिन लगाउन भनिएको छ ।

 



प्रतिक्रिया दिनुहोस !