१२ बैशाख २०८१, बुधबार

आज पश्चिमी वायुको प्रभावले हिमाली भेगमा हिमपातको सम्भावना



काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

अहिले बिहान बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सोमबार दिउँसो प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भू–भागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सोमबार राति प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदली रहि बाँकी भू–भागमा मौसम सफा रहनेछ।



प्रतिक्रिया दिनुहोस !