२० बैशाख २०८१, बिहीबार

हालसम्मकै ठुलो आईपीओ निष्काशन हुँदै, आबेदन दिने सबैले शेयर पाउने



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले अहिले सम्मकै ठुलो आइपीओ निष्कासन गर्न अनुमति पाएको छ । पुस १० गते आइपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले बैंकलाई अनुमति दिएको जनाएको छ ।

बैंकले ८ करोड कित्ता आइपीओ ८ अर्ब रुपैयाँ बराबरको निष्कासन गर्ने भएको छ । यसअघि बसेको साधारणसभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो । बैंकले निष्कासन गर्ने आईपीओमा सेयर निष्कासन तथा बिक्रि प्रवन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड र प्रत्याभुतकर्ताको काम नागरिक लगानी कोषले गर्ने भएको छ ।

बैंकमा नेपाल सरकारको समेत लगानी रहेको छ । पुँजी ४० अर्ब, जारी पुँजी २० अर्ब र चुक्ता पुँजी १२ अर्ब रहेको यो बैंक नेपालकै पहिलो पुर्वाधार बैंक हो । २०७५ सालमा राष्ट्र बैंकबाट राष्ट्रिय स्तरको बैंकको रपमा स्वीकृति पाएको यो बैंकको कार्यालय नयाँ बानेस्वरमा रजिष्टर्ड कार्यालयमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस !