१४ बैशाख २०८१, शुक्रबार

तपाईंको आजको दिन कस्तो छ ? हेर्नुहोस् राशिफल



 

आज २०७८ बैशाख ८ गते बुधवारको राशिफल । ज्योतिष शास्त्र अनुसार आज तपाइको फलादेश यस्तो छ ।

मेष

आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । रमाइलो यात्रा हुनसक्ने छ। सन्तान सुख पनि मिल्नेछ । आफन्त र साथीभाइबाट सहयोग र हौसला प्राप्त हुनेछ ।

मिथुन

व्यक्तिगत काममा सफलता हात पर्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । पुनर्मिलनको योग पनि रहेको छ । सामाजिक प्रतिष्ठा कमाउने बेला छ ।

सिंह

चोटपटकको भय छ सचेत रहनुहोला । घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ, तर आफ्नो अधिकार भने मिल्नेछ । मनमा दुबिधा उत्पन्न हुनेछ ।

तुला

आज रचनात्मक काममा जुट्ने समय छ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । कृषि क्षेत्रको काम पनि अघि बढ्नेछ । प्रेम सम्बन्ध कसिलो होला ।

धनु

प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ । सन्तान पक्षको मायामा कमी आउनेछ । आज काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नुपर्ला ।

कुम्भ

विद्या र बुद्धिको विकास हुनेछ । सामाजिक कार्यमा सहभागी भइएला । प्रयत्न गरे बढी फाइदा लिन सकिनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

बृष

श्रमको उचित मल्याङ्कन हुनेछ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।

कर्कट

आजको दिन घरजग्गाको कारोबार गर्दा सफलता मिल्नेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । सामाजिक कार्य अघि बढ्नेछ ।

कन्या

जोश जाँगर र उमंग बढ्ला । नयाँ काम सुरु गर्ने समय छ । आर्थिक कारोबारमा सफलता पाइएला । साथीभाइबाट बढी फाइदा लिने समय छ ।

बृश्चिक

शुभकार्यको चर्चा चल्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । रोकिएको धन हात पर्ला । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ ।

मकर

आज नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । व्यापारमा धनलाभ हुने योग छ । भूमिबाट लाभ नै रहला । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

मीन

विशिष्ट व्यक्तिको साथ पाइनेछ । समाजसेवामा मन लाग्नेछ । रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुने देखिन्छ । मनमा शान्ति र अनुहारमा क्रान्ति छाउनेछ ।



प्रतिक्रिया दिनुहोस !