१६ चैत्र २०८०, शुक्रबार

कारोना कहरः पशुपतिनाथ मन्दिर बन्द



काठमाडौं । नेपालमा कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै पशुपति मन्दिर बन्द गरिएको छ ।

विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकाल घोषणा गरे सँगै पशुपति क्षेत्र विकास कोषले विज्ञप्ती जारी गर्दै मन्दिर क्षेत्रभित्र प्रवेश बन्द गरेको छ ।

कोषले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘कोरोना भाइरसको बढ्दो संक्रमणका कारण विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकाल घोषणा गरे अनुरुप पशुपति क्षेत्र विकास कोष लाई प्राप्त निर्देशनानुसार श्री पशुपतिनाथ मन्दिरको मूल प्रांगण तथा मन्दिर भित्र प्रवेश गरि दर्शन गर्न अर्को सूचना जारी नभएसम्म रोक लगाएको व्यहोरा सम्वन्धित सबैमा जानकारी गराईन्छ । यसबाट पर्न जाने असुविधाका लागि कोष क्षमाप्रार्थी छ ।’

नेपालमा हिजो मात्रै १७३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । भने ११ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।



प्रतिक्रिया दिनुहोस !