१३ बैशाख २०८१, बिहीबार

चिनियाँ प्रतिनिधि मण्डल र प्रचण्डबीच भेटवार्ता



काठमाडौं । चिनियाँ प्रतिनिधिमण्डल र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच दुई घण्टा भेटवार्ता भएको छ ।

खुमलटारस्थित प्रचण्डनिवासमा भएको भेटवार्ता के कुरा भयो भन्ने केही खुलाइएको छैन ।

प्रचण्डसँगको वार्तापछि चिनियाँ टोली माधवकुमार नेपाललाई भेट्न उनको निवास कोटेश्वर गएको जनाइएको छ ।

चिनियाँ टोलीले आइतबार बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि बालुवाटारमा भेट गरेको थियो ।

नेकपा विभाजनमा पुगेपछि आएको चिनियाँ टोलीले सो पार्टीको आन्तरिक विवादमा चासो राखेको बुझिएको छ ।

आइतबार दिउँसो करिब साढे एक बजे चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वमा चार सदस्यीय टोली नेपाल आएलगत्तै राजनीतिक भेटवार्ता तीव्र पारेको छ ।



प्रतिक्रिया दिनुहोस !