११ बैशाख २०८१, मंगलवार

निरन्तर बढ्दै सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?



 

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य २०० रूपैयाँ बढेको छ ।

आज छापावाल सुन तोलामा २०० रूपैयाँले वृद्धि भइ ९२ हजार २०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन आज ९१ हजार ७०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि आज बढेको छ । चाँदी आज २५ रूपैयाँले बढेर १३३५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस !