१३ बैशाख २०८१, बिहीबार

शुरु भयो संसद विघटनविरुद्ध कांग्रेसको विरोध प्रदर्शन

काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा प्रदर्शन



काठमाडौं । संसद विघटनविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आहवन गरेको विरोधप्रदर्शन शुरु भएको छ ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले हठात संसद भंग गरेपछि कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाइ आन्दोलनामा जाने घोषणा गरेको थियो ।

कांग्रेसले एकैसाथ देशभरका १६५ निर्वाचन क्षेत्रमा हुने विरोध प्रदर्शनका लागि केहीदिन देखि आन्दोलनको तयारी थालेको थियो । त्यसै अनुसार सबै नेताहरुलाई आ आफ्नो निर्वाचन क्षेत्रको क्षेत्रीय समितिले आयोजना गर्ने कार्यक्रममा सरिक हुन निर्देशन दिएको थियो ।

पार्टी सभापति शेरबहादुर देउवाले भक्तपुरमा हुने विरोध कार्यक्रममा सम्बोधन गर्दैछन् । त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ, महामन्त्री शशांक कोइराला नवलपुरमा हुने कार्यक्रमलाई सम्बोधन गर्नेछन् । भने युवा नेताहरु गगन थापा नेपालगञ्ज र प्रवक्ता विश्वप्रकाश शर्माले काठमाडौं क्षेत्र नं २ स्थित कोटेश्वरमा हुने प्रदर्शनलाई सम्बोधन गर्दैछन् ।

यसै क्रममा काठमाडौं कांग्रेसले आफ्नो तयारीलाई तीव्र पारेको छ । १० वटै निर्वाचन क्षेत्रमा कांग्रेसले प्रदर्शनको तीव्र तयारी गरेको काठमाडौं कांग्रेसले जनाएको छ ।

काठमाडौंमा यि स्थानमा क्षेत्रमा हुँदैछ प्रदर्शन

निर्वाचन क्षेत्र नम्बर १- नयाँबानेश्वर, होटल एभरेस्ट अगाडि

निर्वाचन क्षेत्र नम्बर २- कोटेश्वर चोक

निर्वाचन क्षेत्र नम्बर ३-जोरपाटी चोक

निर्वाचन क्षेत्र नम्बर ४-नारायणचौर नक्साल

निर्वाचन क्षेत्र नम्बर ५-महाराजगन्ज, नारायणगोपाल चोक

निर्वाचन क्षेत्र नम्बर ६-मनमैजु, लोकतान्त्रिक चोक

निर्वाचन क्षेत्र नम्बर ७- बालाजु चोक

निर्वाचन क्षेत्र नम्बर ८- बसन्तपुर डबली

निर्वाचन क्षेत्र नम्बर ९- कलंकी चोक

निर्वाचन क्षेत्र नम्बर १०- कीर्तिपुर बजार







प्रतिक्रिया दिनुहोस !