१२ बैशाख २०८१, बुधबार

अमेरिकामा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ३ लाख १७ हजार नाघ्यो



काठमाडौं । अमेरिकामा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ३ लाख १७ हजार नाघेको छ ।

पछिल्ले २४ घण्टामा थप ३ हजार २७७ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख १७ हजार ९२८ पुगेको छ ।

यस्तै त्यहाँ १ करोड ७६ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ३० हजार ९८२ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि शनिबार ९२७ मंसिरमा० एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या १ करोड ७६ लाख २६ हजार ७७० पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड २ लाख ९१ हजार ५७ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ७० लाख १७ हजार ७८५ जनामध्ये २८ हजार २०६ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !