११ बैशाख २०८१, मंगलवार

तपाईको आजको दिन कस्तो छ ? हेर्नुहोस् राशिफल



 

आज २०७८ वैशाख १३ गते सोमबारको राशिफल । ज्योतिष शास्त्र अनुसार आज तपाइको फलादेश यस्तो छ ।

मेष

दाम, इनाम र प्रतिष्ठाकमाउने बेलाछ । परिवारमा सुख सन्तोष छाउनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । नयाँ काम वा रोजगार पाईनेछ ।

वृष

पठनपाठनमा प्रगती हुनेछ । मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।

मिथुन

सुन्दर पहिरनमा मन रमाउनेछ। आगन्तुकहरूको उपहारले प्रसन्नता मिल्नेछ। कामले जीवनशैली व्यस्त रहनेछ। पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ। सानो प्रयासले नै काम बन्नेछ।

कर्कट

लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । व्यापार व्यसायबाट लाभ मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।

सिंह

शुभ समाचार सुन्न पाइएला । दाम्पत्य जीवन सुखमय रहनेछ । मान प्रतिष्ठामा बृद्धि होला । आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ ।

कन्या

नयाँ व्यक्ति संग भेटघाट हुनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।कार्यमा सफलता पाईनेछ ।

तुला

साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । भूमिबाट लाभ पनि रहला । नयाँ कार्यको थालनी होला ।

वृश्चिक

अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुनेछ । प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

धनु

आँटेको र ताकेको कार्य पुरा होला । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । मिष्ठान्न भोजन प्राप्ति होला । धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ ।

मकर

आजको दिनमा भाग्यले विभिन्न अवसर जुराउनेछ । घरमा अतिथीको सेवा होला । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ । शैक्षिक क्षेत्रबाट सफलता मिल्नेछ ।

कुम्भ

आज लेनदेनमा सजकता अपनाउनु पर्नेछ । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनसक्छ । शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ ।

मीन

आज स्वादिष्ट भोजनको अवसर मिल्नेछ । शुभ कार्यको योजना बन्नेछ । नयाँ र शुभ समाचार पनि सुन्न पाइएला । आफन्तसंग भेटघाट राहनेछ ।

 



प्रतिक्रिया दिनुहोस !