१० बैशाख २०८१, सोमबार

आज घट्यो सुनको मुल्य



 

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य तोलामा सात सय रुपैयाँले घटेको छ ।

मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बुधबार ९० हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजका लागि तेजावी सुनको भाउ ९० हजार रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १३ सय पाँच रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

 

 

 



प्रतिक्रिया दिनुहोस !