११ बैशाख २०८१, मंगलवार

संसद विघटनविरुद्ध चितवनमा कांग्रेसको वृहत विरोध प्रदर्शन



चितवन । संसद विघटनविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस चितवन क्षेत्र न १ मा वृहत विरोध प्रदर्शन गरिएको छ ।

आज १ बजे प्रतिनिधि सभा विघटन सरकारको असंविधानिक कदमको विरुद्ध भएको भन्दै खैरहनी ८ मगनी पार्टी कार्यलय बाट विरोध प्रदर्शन गरिएको छ ।

सरकारको सर्वसत्तावादी,अधिनायकवादि चरीत्र तथा संसद विघटनका विरुद्ध लोकतन्त्रको रक्षाका निम्ति खबरदारी गर्न नेपाली काङ्ग्रेस क्षेत्र न १ चितवनमा बिरोध प्रदर्शन आयोजनामा गरिएको हो ।

नेपाली काङ्ग्रेस खै.न.पा द्वारा आयोजित बृहत विरोध प्रदर्शनमा क्षेत्र नम्बरका सभापति राजु सिलवालको अध्यक्षतामा बिरोध प्रदर्शन गरिएको हो । कार्यक्रममा प्रमुख वक्ता, पूर्व शिक्षा राज्य मन्त्री आदरणीय नेता शेषनाथ अधिकारीको समेत उपस्थिति रहेको थियो ।

आज देशभरका १६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने नेपाली कांग्रेसले बिरोध प्रदर्शन गरेको छ ।



प्रतिक्रिया दिनुहोस !