१२ बैशाख २०८१, बुधबार

तपाईको आजको दिन कस्तो छ ? हेर्नुहोस् राशिफल



आज २०७८ वैशाख १८ गते शनिबारको राशिफल । ज्योतिष शास्त्र अनुसार आज तपाइको फलादेश यस्तो छ ।

मेष

नयाँ साथीसँगको संवादले मन प्रफुल्लित बनाउनेछ । न्यायीक क्षेत्रमा सफलता मिल्ला । आर्थिक पक्ष मध्यम रहनेछ । बोली विपरितको अर्थ लाग्ने भएकाले विचार पुर्‍याउनुहोला ।

बृष

कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ । अभिभावकको आशीर्वाद मनन गर्नुहोला ।

मिथुन

दाम्पत्य जीवन सुखमय हुनेछ । खानपिनमा ध्यान दिनुहोला । अनावश्यक खर्च बढ्न सक्छ । धार्मिक यात्राको योग । मनमा शान्ति मिल्नेछ।

कर्कट

आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । जग्गाजमिनको कारोबारबाट राम्रो फाईदा हुनेछ ।

सिंह

आजको दिन अध्यापनको क्षेत्रमा प्रगतिको खबर पनि सुन्न पाउनु हुनेछ । हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । चिताएको कामले तीव्रता लिनेछ ।

कन्या

आज बोलीको प्रभाव पनि बढ्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला ।

तुला

आज केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला । केटा तथा केटी साथीबाटा टाढा रहनुहोला । मनमा चिन्ता । धार्मिक यात्राबाट आनन्दी ।

बृश्चिक

आँटेको र ताकेको कार्य पूरा होला । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

धनु

शुभ कार्यको चर्चा चल्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । सामाजिक कार्यमा मन जानेछ । प्रेममा खटपट आउन सक्छ ।लामो समयका अधुरा कामहरू पूरा हुनेछन् ।

मकर

नाक तथा घाँटीमा समस्या आउला । मनमा प्रशन्नता । पारिवारिक कलह । जग्गा खरिद विक्रीका लागि तपाईको आजको दिन शुभ हुनेछ ।

कुम्भ

आज तपाईका लागि रमाइलो दिन छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कार्य सफल रहनेछ । प्रेम सम्बन्ध कसिलो होला ।

मीन

बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ ।

 

 



प्रतिक्रिया दिनुहोस !