११ बैशाख २०८१, मंगलवार

निषेधाज्ञाबीच आज नेप्से ५४ अंक बढ्यो



 

काठमाडौं । निषेधाज्ञाकाबीच कारोबारको आज ५४ अंकले नेप्से बढेको छ । आज नेप्से २ दशमलव ७ प्रतिशतले बढेर २ हजार ६ सय ६५ दशमलव ११ विन्दुमा रोकिएको छ ।

कारोबार रकम पनि बढेर ७ अर्ब ३६ करोड ८ लाख रुपैयाँ बराबर भएको छ । प्रि ओपन समयदेखिनै बढेको नेप्सेमा पाँचवटा कम्पनीको शेयर मूल्य करिब १० प्रतिशतले बढेको थियो ।

उच्च प्रतिफल कमाउने कम्पनीमा विशाल बजार, महिला लघुवित्त, सिंगटी हाइड्रो, सिनर्जी पावर, सानिमा जनरल इन्स्योरेन्स रहेका छन् । यसैगरी, एनसीसी बैंकको कारोबार सबैभन्दा धेरै ४२ करोड रुपैयाँ बराबरको भएको छ ।



प्रतिक्रिया दिनुहोस !