११ बैशाख २०८१, मंगलवार

सीइडीबी हाइड्रोपावरको आइपीओमा कतिले दिए आवेदन ?



 

काठमाडौं । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले वैशाख १७ गतेबाट सर्वसाधारणका लागि २३ लाख ४१ हजार ९५४ कित्ता सेयर खुला गरेको छ ।

कम्पनीको आइपीओमा १ करोड ८८ लाख ६४ हजार ३०० कित्ताका लागि आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार आइतबार साँझ ५ बजेसम्ममा १२ लाख ११ हजार ३४० जना आवेदकले दिएका छन् । हालसम्म सर्वसाधारणले माग भन्दा ८.०५ गुणा बढी आवेदन दिइसकेका छन् ।

सीइडीबीले कुल २५ लाख १८ हजार २३० कित्ता आइपीओमध्ये २५ अर्थात ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र ५% ले हुने १ लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएर बाँकी सेयर सर्वसाधारणलाई जारी गरेको हो । यसमा प्रतिकित्ता १०० रुपैयाँका दरले आवेदन दिन पाइनेछ । मागभन्दा बढी आवेदन परिसकेकाले यो आइपीओमा वैशाख २१ गतेसम्म मात्र आवेदन दिन पाइनेछ । यसको बिक्री प्रबन्धक सनराइज क्यापिटल हो ।



प्रतिक्रिया दिनुहोस !