११ बैशाख २०८१, मंगलवार

भारतमा पहिलोपटक जनावरमापनि देखियो कोरोना संक्रमण



 

एजेन्सी । भारतमा पहिलोपटक जनावरमापनि कोरोना पोजिटिभ देखिएको छ । हैदराबादको नेहरू चिडियाखानामा रहेका ८ एसियाली सिंहमा कोरोना संक्रमण देखिएको हो । २९ अप्रिलमा ती सिंहहरुको पीसीआर टेष्ट गरिएकोमा पोजिटिभ रिपोर्ट आएको अधिकारीहरुलाई उधृत गर्दै नवभारत टाइम्सले खबर छापेको छ ।

चिडियाखानाका निर्देशक डाक्टर सिद्धानंद कुकरेतीले पनि सिंहहरुमा कोरोनाको लक्षण देखिएको स्वीकार गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !