११ बैशाख २०८१, मंगलवार

आज २०७८ वैशाख २२ गते बुधबारको राशिफल



आज २०७८ वैशाख २२ गते बुधबारको राशिफल। ज्योतिष शास्त्र अनुसार आज तपाइको फलादेश यस्तो छ ।

मेष

आज न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । नयाँ कामको थालानी या योजना बन्ने । नजिकका व्यक्तिबाट विश्वासघात हुन सक्छ ।

वृष

आज व्यक्तिगत स्वास्थ्य र यात्राप्रति सतर्क रहनु पर्नेछ, तर आफन्तको साथ र सहयोग मिल्नेछ । आलस्य र थकानको अनुभूति हुनेछ ।

मिथुन

आजको दिनमा महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । झञ्झटिलो काम लाईपर्ला । नजिकका व्यक्तिबाट विश्वासघात हुन सक्छ । यात्रा गर्दा सचेत हुनुपर्नेछ ।

कर्कट

आज सानो भूलका कारण अपमानित बन्न सक्नुहुन्छ, तर आर्थिक कारोवारमा सफलता मिल्नेछ । गरेका काममा ढिलासुस्ती हुनेछ ।

सिंह

आज भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला ।शंका तथा डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्छ ।

कन्या

आज शत्रु र विपक्षी पराजित हुन सक्छन् । विपरित वर्गको भेट र साथ मिल्ने राम्रो योग छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

तुला

आज विद्या र नयाँ ज्ञान बढ्नेछ । नयाँ कार्यको महत्त्वपूर्ण योजना बन्नेछ । शेयर बाजार र व्यापार, व्यवसायबाट लाभ मिल्नेछ ।

वृश्चिक

आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । नयाँ कार्यको थालनी हुन सक्छ । वाक्पटुता द्वारा आफ्नो काम सफल बनाउन सकिनेछ ।

धनु

आज कृषि कार्यबाट लाभ मिल्नेछ । आफन्तसंग भेट घाट पनि हुनेछ । दाजु भाइबाट सहयोग र ससुराली पक्षसंग सम्बन्ध राम्रो बन्नेछ ।

मकर

रोकिएको धन र व्यापार,व्यवसायमा लाभ मिल्नेछ । यात्राको योग पनि छ । धर्म, कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ ।

कुम्भ

आज शुभ समाचार सुन्न पाइएला । सामाजिक क्षेत्रमा सफलता पनि मिल्नेछ । मनमा सात्विक बिचारहरू र अनुहारमा चमक आउनेछ ।

मीन

आकस्मिक धन लाभ हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ, तर सामाजिक र धार्मिक कार्यमा खर्च बढ्न सक्छ । विद्या र नयाँ ज्ञान बढ्नेछ ।



प्रतिक्रिया दिनुहोस !