६ बैशाख २०८१, बिहीबार

भारतमा एकैदिन ३ लाख ८२ हजार संक्रमित, ३७ सय ८६ को मृत्यु



 

काठमाडौं । दैनिक कोरोना भाइरस संक्रमण वृद्धिका आधारमा विश्वकै अतिप्रभावित मुलुक भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ८२ हजार ६९१ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ६ लाख ५८ हजार २४३ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ६९ लाख ३८ हजार ४०० जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३४ लाख ९३ हजार ६६५ छ ।

यस्तै त्यहाँ एकैदिन ३७ सय ८६ संक्रमितको मृत्यु भएको छ ।

दोस्रो लहरको संक्रमण बढ्दै जाँदा भारतमा मृतक संख्या पनि दिनदिनै बढ्दो क्रममा छ । पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख २६ हजार १६९ पुगेको छ ।

 

 



प्रतिक्रिया दिनुहोस !