११ बैशाख २०८१, मंगलवार

तास खेलिरहेको अवस्थामा १० जना ठुलो रकम सहित पक्राउ



 

काठमाडौं । कावासोती नगरपालिका २ नरवजारमा तास खेलेर बस्ने १० जना पक्राउ परेका छन् ।

बस्ने रुद्र कंडेलको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय अजय जैसवाल समेत १० जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।

कंडेलको घरमा तास खलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ८ हजार ६ सय ७५ रुपैयाँ, ५ सय ७० भारतीय रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको जनाएको हो ।

 



प्रतिक्रिया दिनुहोस !