कोरोना संक्रमण बढेपछि जापानमा पुनःबढाइयो आपतकाल
काठमाडौं । कोरोना संक्रमण बढेपछि जापानका विभिन्न क्षेत्रमा लगाइएको आपतकाल फेरि बढाइएको छ ।
जापान सरकारले टोकियो, ओसाका, ह्योगो र क्योटोमा ११ मे सम्म लगाइएको प्रतिबन्धलाई मे महिनाभर पुर्याएको हो ।
टोकियो ओलम्पिक हुन तीन महिना बाँकी रहँदा विभिन्न शहरमा आपतकालको समयावधि बढाइएको हो ।
प्रधानमन्त्री योशीहिडे सुगाले आज आइची र फुकुओकामा पनि आपतकालीन अवस्था लागू गरिएको बताएका छन् ।