१४ बैशाख २०८१, शुक्रबार

आज बाट एक हप्ताका लागि मनकामना केबलकार बन्द



काठमाडौं । आजबाट एक हप्ताका लागि बन्द हुने मनकामना केबलकार भएको छ । केबलकारको नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले .मङ्गलबार देखि २० गते सोमबारसम्म सेवा बन्द हुने मनकामना दर्शन प्रालीले जनाएको छ । आउँदो २१ गतेदेखि भने सेवा सुरु हुने छ ।

कोरोनाको महामारीसँगै नौ महिना बन्द रहेको केबलकार गएको मङ्सिर २८ गतेदेखि सञ्चालनमा आएको थियो । भक्तजनको सङ्ख्या दिनहुँ बढे पनि मर्मत गर्नुपर्ने भएकाले अहिले एक हप्ताका लागि सेवा रोकेको मनकामना दर्शन प्रालीका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो । मनकामना केबलकारको सेवा बन्द रहे पनि मनकामना मन्दिर भने भक्तजनका लागि नियमित खुला नै रहने छ ।



प्रतिक्रिया दिनुहोस !