८ बैशाख २०८१, शनिबार

आज २०७८ वैशाख २६ गते आइतबारको राशिफल



आज २०७८ वैशाख २६ गते आइतबारको राशिफल  । ज्योतिष शास्त्र अनुसार आज तपाइको फलादेश यस्तो छ ।

मेष

आज आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । नयाँ कार्यको प्रारम्भ हुने र पुनर्मिलनको योग पनि रहेको छ । अरूलाई प्रभावित पारेर काम बन्नेछ ।

वृष

आज आँटेको र ताकेको कार्य पुरा होला । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

मिथुन

आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेम प्रसङ्गमा पनि सफल भइनेछ । श्रमदान गर्ने अवसर मिल्नेछ ।

कर्कट

आज आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग मिल्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पारिवारिक सद्भाव पनि बढ्नेछ ।

सिंह

आज शुभकार्यको चर्चा चल्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । परिवारमा सुख सन्तोष छाउनेछ । रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ ।

कन्या

आज सौन्दर्यतामा धन खर्च हुनेछ, तर हरियो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्‍याउनेछ । स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ ।

तुला

आज सवारी साधनको खरिद बिक्री हुने योग छ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ ।

वृश्चिक

आज बोलीको भरमा कार्य सम्पादन हुनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । घरमा अतिथिको आगमन हुनेछ ।

धनु

आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ । शुभ समाचार सुन्न पाइएला ।

मकर

आज कतैकतै झैझमेलाको अवस्था आउला, तर अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिनेछ । गरेको कार्यमा अवरोध आउला ।

कुम्भ

आज धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ, तर मालसामान हराउन सक्छ । नसोचेको ठाउँबाट धन हात पर्नसक्छ ।

मीन

आज कला र गलाको प्रभाव बढ्नेछ । विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ । मनोरञ्जन पनि होला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।



प्रतिक्रिया दिनुहोस !