२१ मंसिर २०७९, बुधबार

निषेधाज्ञाको बहानामा खाद्य सामाग्रीमा कृत्रिम अभाव सिर्जना, खानेतेलको मूल्य ८० प्रतिशतसम्म बढाइयो



 

काठमाडौ । निषेधाज्ञाको बहानामा उद्योगी र थोक व्यापारीले खाद्य सामाग्रीको कृत्रिम अभाव सिर्जना गरेका छन् । उपभोक्ताबाट आफूखुशी मूल्य लिन कृत्रिम अभाव खडा गरिएको हो ।

उद्योगी र थोक व्यापारीले खानेतेलमा ७० देखि ८० प्रतिशतसम्म मूल्य बढाएर बेच्दा उपभोक्ता महँगीको मारमा परेका छन् । अनुगमन गर्ने जिम्मा पाएको स्थानीय तह र जिल्ला प्रशासन कार्यालय मौन बसेको उपभोक्ताको गुनासो छ । यो समाचार आजको नागरिक दैनिकमा लेखिएको छ ।



प्रतिक्रिया दिनुहोस !