१९ बैशाख २०८१, बुधबार

आज देशभरको मौसम सामान्यतया सफा रहने



काठमाडौं। आज देशभरको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। आज प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भू-भागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ।

आज राति प्रदेश १ को पहाडी भु-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ।

साथै, तापक्रम चिसो रहिरहने तथा तराईरपहाडी भू-भागका केही स्थानमा बिहानीपख हुस्सुरकुहिरोको कारणले वायुको पारदर्शीतामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।



प्रतिक्रिया दिनुहोस !