७ बैशाख २०८१, शुक्रबार

फेरि केपी शर्मा ओली नै प्रधानमन्त्रीमा नियुक्त हुँदै



 

चितवन । सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत पाउन नसकेका केपी शर्मा ओली फेरि तेस्रो पटक प्रधानमन्त्री हुने लगभग पक्का भएको छ । विश्वासको मत पाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतिय सरकार गठनका लागि तीन दिनको समय दिइकी थिइन् । तीन दिनको समय लगभग सकिँदै लाग्दा विपक्षी दलहरुले बहुमत संख्या पुर्याउन सम्भावना कम हुँदै गएपछि फेरि ओली नै प्रधानमन्त्री बन्ने देखिएको हो ।

नेपाली कांग्रेस र माओवादी केन्द्र अ‍ोलीको विकल्पमा नयाँ सरकार गठनकालागि निर्णय गरेरै अगाडी बढेपनि जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्षको साथ नपाएपछि संख्या नपुग्ने भएको हो । यद्यपी जसपाको उपेन्द्र यादव पक्षले भने कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्ने बताएका थिए ।

सिंगो जसपाले साथ नदिने भएपछि एमालेको असन्तुष्ट समूहसँग विपक्षी दलले कुराकानी तीव्र पारेपनि अन्तिम समयमा त्यो सम्भावना पनि टरेको छ । बिहीबार अध्यक्ष अ‍ोली र वरिष्ठ नेता नेपालबीच ४ घण्टा लामो छलफल सहमतिउन्मुख भएपछि नेपाल समूहले तत्काल राजीनामा नदिने निर्णय गरेको छ । अब जसपा र नेपाल पक्षको साथ नहुने भएपछि नयाँ सरकार गठनका लागि संख्या पुग्दैन । जसका कारण राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई नै ठूलो दलको हैसियतमा प्रधानमन्त्री बनाउन सक्छिन् ।

 



प्रतिक्रिया दिनुहोस !