११ बैशाख २०८१, मंगलवार

निमार्ण भयो आफैँले कोरोना परीक्षण गर्न मिल्ने किट, मुल्य कति ?



काठमाडौं । दक्षिण कोरियाले कोरोना सङ्क्रमण भए नभएको आफैँले परीक्षण गर्न मिल्ने किट निर्माण गरेको छ ।

किट यहाँका २ औषधि निर्माता कम्पनी हुमासिस र एसडी बायोसेन्सरले निर्माण गरेका जनाएको छ। यो किटमार्फत घरमै बसी आफ्नो स्वाबमार्फत परीक्षण गर्न मिल्छ । किटबाट परिक्षण गरेको १५ मिनेटमै कोरोना भाइरस लागे नलागेको पत्ता लगाउन सकिन्छ ।

यतिमात्र नभई यो किट अब हरेक २४ घण्टे पसलहरूमा सहजै उपलब्ध हुने भएको छ । यहाँका जी एस–२५, सेभेन इलाभेन, इ–मार्टलगायत २४ घण्टे पसल बाटै सजिलै खरिद गर्न सकिने उक्त किटको खुद्रा मूल्य १० हजार कोरियन वन अर्थात झण्डै १ हजार नेपाली रुपैयाँ रहेको छ । स्रोतः विभिन्न अनलाईन

 



प्रतिक्रिया दिनुहोस !