११ बैशाख २०८१, मंगलवार

आज २०७८ जेठ २ गते आइतवार को राशिफल



आज २०७८ जेठ २ गते आइतवार को राशिफल । ज्योतिष शास्त्र अनुसार आज तपाइको फलादेश यस्तो छ ।

मेष

आज अभिभावकको सुझावले उचाइमा पुर्याउन सहयोग गर्नेछ । क्षमता प्रदर्शन गर्ने क्रममा प्रतिष्ठा र पदोन्नतिको ढोका खोलिनेछ ।

मिथुन

सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । आफन्तबाट सहयोग मिल्नेछ । शुभ कार्यको योग छ ।

सिंह

आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ ।

तुला

आज आत्मिक सन्तुष्टि मिल्नेछ । नयाँ कामको योजना बन्ने वा थालनी हुनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ ।

धनु

शुभअशुभ दुवै समाचार सुनिएला । मित्रसँग मीठो भेट घाट रहनसक्छ । लाभ, हानी, आय, व्यय, सुख, दुख बराबरी मध्यम खालको दिन छ ।

कुम्भ

आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । खानपिन र मनोरञ्जनमा अभिरुचि बढ्नेछ । अधुरो कार्यको प्रारम्भ हुनेछ ।

बृष

आज शुभकार्यको योजना बन्नेछ । धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ । आफन्त र प्रिय व्यक्तिसँग भेट घाट होला ।

कर्कट

सामान हराउने वा चोरी हुने भय छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । धूम्रपान र मद्यपानबाट टाढै रहनुहोला ।

कन्या

आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शत्रु पनि पराजित हुनेछन् । धार्मिक यात्राको योग छ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

बृश्चिक

आज नगद सापटी लिएका आफन्तहरूले वचन पूरा नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ । स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ ।

मकर

आजको दिन मित्रबाट विशेष सहयोग मिल्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ । सामाजिक कार्यमा मन जाला । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।

मीन

आज अरुलाई प्रभावित पारेर काम बन्नसक्छ । व्यापार व्यवसायमा भने त्यति राम्रो नहुन सक्छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

 



प्रतिक्रिया दिनुहोस !